खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

कर्णाली अनलाइन ३० जेष्ठ २०७९, सोमबार ०५:०४

काठमाडौं ।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् ।रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराज रुस जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।रुस प्रस्थान गर्नुभन्दा अघि मन्त्री गहतराजले खेलकुद कूटनीति मार्फत् नेपाल–रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताए ।

मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमासमेत छलफल हुने मन्त्री गहतराजले बताए । भ्रमणको क्रममा गहतराजले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको मन्त्री गहतराजले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेन युद्धमा पूर्व बेलायती सैनिक जोर्डनको मृत्यु

३० जेष्ठ २०७९, सोमबार ०५:०४
एजेन्सी।यूक्रेनमा जारी युद्धमा एक पूर्व बेलायती सैनिकको मृत्यु भएको छ। यूक्रेनको तर्फबाट युद्ध लड्न गएका जोर्डन गाट्लेको युद्धको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ । जोर्डनले मार्चमा बेलायती सैनिक सेवा छोडेर यूक्रेनी सेनामा भर्ती भएका थिए। जोर्डनका पिताले उनको निधन पश्चात सामाजिक सञ्जालमा छोलाई ‘नायक’ सम्बोधन गरेका छन्।उनी पूर्वी […]