कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

कर्णाली अनलाइन २७ पुष २०७९, बुधबार १८:०८

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। बुधबार शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख तिलक परियाले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए।

सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।जसमा कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ

२७ पुष २०७९, बुधबार १८:०८
सुर्खेत। कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन्।मुख्यमन्त्री शर्माले नेकपा एमालेका विनोदकुमार शाह र  नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन्। दैलेखको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा १ (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै […]

सम्बन्धित शीर्षक