प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार धनगढी

कर्णाली अनलाइन २२ मंसिर २०८०, शुक्रबार ०९:४४

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसोधनगढी जाने भएका छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री धनगढी जान लागेका हुन्।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोल मैदानमा दिउँसो १२ः३० बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने तय भएको जानकारी दिए।

प्रचण्ड यसअघि कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनसेल प्रकरणबारे जानकारी माग्न राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

२२ मंसिर २०८०, शुक्रबार ०९:४४
काठमाडौँ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । समिति सचिवालयमा शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। खतिवडाले देश सञ्चारसँग भने,‘समिति बैठकले […]