जाजरकोट जीप दुर्घटना : ११ जनाको मृत्यु‚ एकजना गम्भीर घाइते

कर्णाली अनलाइन २६ मंसिर २०७९, सोमबार २१:१७

सुर्खेत।जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहादुर खत्री, भगवती–२ दैलेखका अमर खड्का, भगवती–२ दैलेखकै मानबहादुर रावत, भगवती–२ दैलेखकै वीरेन्द्र केसी, छेडागाड–५ की देवीसरा बुढा, छेडागाड–५ कै अमर अधिकारी र छेडागाड–५ कै निशा अधिकारीको मृत्यु भएको जानकारी दिए।

छेडागाड–५ की जैभान अधिकारी सिकिस्त छन्। बोलेरोमा १२ जना सवार थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभु साहले नयाँ दल खोल्ने

२६ मंसिर २०७९, सोमबार २१:१७
काठमाडौं । प्रभु साहले नयाँ दल खोल्ने भएका छन् । प्रतिनिधि सभामा रौतहट ३ बाट निर्वाचित साहले नयाँ दल दर्ता गराउन लागेका हुन् ।नेकपा एमालेको १०औं महाधिवेशनबाट स्याथी समिति सदस्य बनेका उनी पूर्वमाओवादी ‘लिगेसी’ बोकेका नेता हुन् । पछिल्लो निर्वाचनको पूर्वसन्ध्यामा भने उनले एमाले त्यागेका थिए । आफ्नो पकड राम्रो […]