काठमाडौं- १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

कर्णाली अनलाइन ६ मंसिर २०७९, मंगलवार ०८:३९

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।निर्वाचनमा विजयी भएसँगै गर्दै सिंहले काठमाडौं १ का सबै मतदातालाई धन्यवाद दिएका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला ८१८ मतान्तरले सिंहले बाजी मारेका थिए। मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रत्यक्ष र समानुपातिकमा स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडि

६ मंसिर २०७९, मंगलवार ०८:३९
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ। मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।​प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन […]