प्रभु साहले नयाँ दल खोल्ने

कर्णाली अनलाइन २७ मंसिर २०७९, मंगलवार २०:१०

काठमाडौं । प्रभु साहले नयाँ दल खोल्ने भएका छन् । प्रतिनिधि सभामा रौतहट ३ बाट निर्वाचित साहले नयाँ दल दर्ता गराउन लागेका हुन् ।नेकपा एमालेको १०औं महाधिवेशनबाट स्याथी समिति सदस्य बनेका उनी पूर्वमाओवादी ‘लिगेसी’ बोकेका नेता हुन् । पछिल्लो निर्वाचनको पूर्वसन्ध्यामा भने उनले एमाले त्यागेका थिए ।

आफ्नो पकड राम्रो भएको क्षेत्रमा पनि पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका उनले अन्तत चुनाव जितेका छन् । यसपछि दलका नेताहरूसँग छलफलमा रहेपनि उनले नयाँ दल दर्ता गराउन लागेका हुन् । ‘नयाँ दलका बारेमा छलफल भइरहेको छ,’ संक्षिप्त प्रतिक्रिया दिँदै साहले भने, ‘केही दिनमा अन्तिम निर्णयमा पुग्छौँ ।’

पछिल्लो प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशमा साहको पकड बलियो देखिएको छ । रौतहट २ मा उनीनिकट किरण साह विजयी भएका छन् भने मोरङ ४ बाट योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा जेसीबी खस्दा बेपत्ता २ जनाको शव फेला,१ जना अझै बिपत्ता

२७ मंसिर २०७९, मंगलवार २०:१०
कालिकोट। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसीर २४ गतेदेखि बेपत्ता दुई जनाको शव फेला परेको छ। फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो। सशस्त्र प्रहरीका सहायक प्रबक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता भएका मध्ये […]