मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

कर्णाली अनलाइन ८ चैत्र २०७८, मंगलवार ०५:४७

काठमाडौँ।मलद्वारभित्र लुकाएर सुन ल्याउने भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका उनले बताए। उनले एक हजार २६८ ग्राम रहेको सुन लुकाएर ल्याएका थिए । उक्त सुनको मूल्य एक करोड आठ लाख ४९ हजार रुपैयाँ रहेको जनाइएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको भाउ फेरि एक लाख नाघ्यो, तोलामा आठ सय रुपैयाँ बढ्याे

८ चैत्र २०७८, मंगलवार ०५:४७
काठमाडौँ।सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको छ ।हिजो तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आठ सय रुपैयाँ बढेर एक लाख तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय ३६ डलर […]