त्रिभुवन विमानस्थलमा तीन घण्टादेखि अवरुद्ध उडान सुचारु

कर्णाली अनलाइन १४ माघ २०७९, शनिबार १५:४४

काठमाडौं।तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुचारु भएको छ । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटको सर्भर डाउन हुँदा मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हवाई उडान केहीबेर अघिदेखि सुरु भएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

तीन घण्टा रोकिएका विमानहरू उडान भर्ने क्रम सुरु भइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। सर्भरमा समस्या आएपछि फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डियालगायतका विमानको अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

१४ माघ २०७९, शनिबार १५:४४
काठमाडौं : अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार काठमाडौं आउँदैछिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्। नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी […]