आईपीएल आजदेखि : चेन्नई र कोलकाताबीच पहिलाे प्रतिस्पर्धा

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ११:२२

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) को १५ औँ सिजनको सुरुवात आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा गत विजेता चेन्नई सुपर किंग्स (सीएसके) र उपविजेता कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हँदैछ।

चेन्नई र कोलकाताबीचको खेल बेलुकी ७.४५ देखि  वाङ्खडे स्टेडियममा सुरु हुनेछ। यो पटक चेन्नई र काेलकाताकाे कप्तानी नयाँ खेलाडीले गर्दै छन्। आसन्न सिजनको लागि चेन्नईको कप्तानी रवीन्द्र जडेजा र कोलकाताको कप्तानी श्रेयस अय्यर सम्हाल्ने छन्।

हालसम्म चेन्नईले चार र कोलकाताले २ पटक आईपीएलको उपाधि हात पारेको छ। कोलकाताले अन्तिम पटक २०१४ मा आईपीएल उपाधि हात पारेको थियो। चेन्नई र कोलकाता आजको खेल जितेर लिगमा विजयी सुरुवात गर्न चाहन्छन्।

चेन्नईकाे सम्भावित प्लेइङ-११ : ऋतुराज गायकवाड, रोबिन उथप्पा, डेभन कन्वे, अम्बाती रायडू, रवीन्द्र जडेजा (कप्तान) शिवम दुबे, महेन्द्र सिंह धोनी (विकेटकीपर), ड्वेन ब्राभो, राजवर्धन हङ्गारगेकर, क्रिस जोर्डन, महेश थेक्षाना र एडम मिल्ने।

कोलकाताको सम्भावित प्लेइङ-११ : वैंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स (विकेटकीपर), आन्द्रे रसेल, सुनिल नारायण, चमिका करुणारत्ने, शिवम मावी, वरुण चक्रवर्ती, उमेश यादव/रशिख सलाम दार।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेनमा आक्रमण गरेको महिना दिनपछि युद्ध नीति फेर्दै रुस

१२ चैत्र २०७८, शनिबार ११:२२
एजेन्सी।रुसले युक्रेनमा आफ्नो आक्रमणको अबको निशाना पूर्वी क्षेत्र हुने बताएको छ। रुसको रक्षा मन्त्रालयले पूर्वी क्षेत्रलाई ‘स्वतन्त्र’ बनाउनु अबको रणनीति हुने उल्लेख गरेको हो।रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक लक्ष्य पूरा भएको दाबी गरेको छ। युक्रेनको सैन्य क्षमता कम गरेको र त्यसले युद्धको पहिलो लक्ष्य पूरा भएको दाबी रक्षा मन्त्रालयले गरेको […]