कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ ।आइतवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकरप्रसाद उपाध्यायले मेयरमा र वसन्तिसिंह शाहीले उपमेयरमा आफनो उम्मेद्वारी दर्ता गराएका छन ।
नेपाली कांग्रेस कालिकोट जिल्ला सदस्य सत्यबहादुर शाहीले तिलागुफामा नेपाली कांग्रेस नगर कार्यसमितिले एकल निर्वाचन लड्ने गरेको निर्णयअनुसार आज (आइतवार) मनोनयन दर्ता गरिएको नेपाली कांग्रेस स्रोतले जानकारी दिएको छ ।तिलागुफामा कांग्रेसले ११ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।
उपाध्यायले आफुले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बरु जितेर देखाउने जानकारी दिए ।वि.स २०७४ को स्थानीय तह निर्वाचनमा उपाध्याय ५३ मतान्तरले पराजित भएका थिए।