कालिकोटमा बोलेरो जिप दुर्घटना हुदा तीन जनाको मृत्यु

कर्णाली अनलाइन २८ जेष्ठ २०८०, आईतवार ०७:३६

सुर्खेत।कालिकोटकाे शुभकालिका गाउँपालिका -६ को गविरामा शनिबार राती लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ ।दुर्घटनामा परि  बोलेरो चालक शुभकालिका २ बर्ष ३० हर्क बि.क, शुभकालिका ८ बर्ष ३१ रामबहादुर शाही र दैलेख नौमुले ३ बर्ष २५ गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताए ।

बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुदै गाउँपालिका कार्यालय तर्फ आउदै गरेको बोलेरो गाडी राति १२ बजे दुर्घटना भएको वडा नं. ६ का अध्यक्ष दिप बहादुर शाहीले जानकारी दिए । उद्दारका लागि प्रहरी निरिक्षक यज्ञराज जोशीको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा लागूऔषध कारोबारी घाइते

२८ जेष्ठ २०८०, आईतवार ०७:३६
युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको हो । एसपी जोशीकाअनुसार युवाको बाँया खुट्टामा गोली लागेको छ । ‘ती युवा कारोबारी नै हुन्,’ एसपी जोशीले भने, ‘उनीबाट लागूऔषधसमेत बरामद भएको छ ।’काराेबारीलाई पछ्याउने क्रममा एअरपाेर्टकाे गेट बाहिर गाेली चलेकाे उनले बताए ।