माओवादी केन्द्र पलाँताको अध्यक्षमा अनन्त वि.क (राजेश)लाई सर्वसम्मत सिफारिस

कालिकोट संवाददाता ११ बैशाख २०७९, आईतवार ०८:१०

कालिकोट।जिल्लाको पलाँता गाँउपलिकाको अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता अनन्त वि.क(राजेश)लाई आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाँउपालिका अध्यक्ष पदका लागी माओवादी केन्द्र पलाँता गाँउकमिटिको बैठकले सर्वसम्मत सिफारिस गरेको छ।

उनी नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश कमिटी सदस्य तथा पलाँता गाउँपालिकाका ईन्चार्ज समेत रहेका छन । उनलाई पलाँता गाँउकमिटि उपाध्यक्ष बिरि विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत अध्यक्ष पदमा सिफारिस गरेको हो ।वि.स २०७४को स्थानीय तहमा उक्त गाँउपालिकामा नेकपा माओवादी केन्द्र्का लोकप्रिय युवा नेता लक्ष्मण बहादुर बम (पलातिकान्छा) विजय भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा सत्तारुढ गठबन्धन दल बिच अन्तत:भयो सहमति (कुन दललाई कहाँ? )

११ बैशाख २०७९, आईतवार ०८:१०
कालिकोट। जिल्लामा सत्ता रुढ गठबन्धन पार्टी विच अन्तत:भागबण्डा मिलेको छ ।जिल्लामा रहेका कुल ९ वटा स्थानिय तह मध्ये ५ प्रमुख र ४ उप-प्रमुख सहित ९ माओवादी केन्द्रको भागमा परेको छ ।२ प्रमुख र ३ उप-प्रमुख सहित नेपाली कांग्रेसको भागमा परेको छ ।त्यस्तै दुई प्रमुख र दुई उप-प्रमुख सहित एकिकृत समाजवादी […]