कालिकोटमा सत्तारुढ गठबन्धन दल बिच अन्तत:भयो सहमति (कुन दललाई कहाँ? )

कालिकोट संवाददाता ११ बैशाख २०७९, आईतवार ०९:४९

कालिकोट। जिल्लामा सत्ता रुढ गठबन्धन पार्टी विच अन्तत:भागबण्डा मिलेको छ ।जिल्लामा रहेका कुल ९ वटा स्थानिय तह मध्ये ५ प्रमुख र ४ उप-प्रमुख सहित ९ माओवादी केन्द्रको भागमा परेको छ ।२ प्रमुख र ३ उप-प्रमुख सहित नेपाली कांग्रेसको भागमा परेको छ ।त्यस्तै दुई प्रमुख र दुई उप-प्रमुख सहित एकिकृत समाजवादी पार्टीको भागमा परेको छ ।

जिल्लाको ९ स्थानीय तह मध्ये सान्नित्रिवेणी गाउँपािलका ,पलाँता गाँउपालिका,रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा प्रमुख पद नेकपा माओवादी केन्द्रको भाग परेको छ भने ,उप-प्रमुखमा नेकपा माओवादी केन्द्रलाई खाडाँचक्र नगरपालिका,महावै गाँउपालिका,नरहरिनाथ गाउँपालिका,सुभकालिका गाउँपालिका भाग परेको छ ।

त्यस्तै महावै गाँउपालिका र खाडाँचक्र नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसको भाग परेको छ भने उप-प्रमखमा पचालझरना गाउँपालिका ,पलाँता गाउँपालिका र तिलागुफा नगरपालिका भाग परेको छ ।त्यस्तै अर्को सत्तारुढ गठबन्धन दल एकिकृत समाजवादीलाई प्रमुखमा सुभकालिका र नरहरिनाथ गाँउपालिका भाग परेको छ भने उप-प्रमुखमा रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाँउपालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीको मुक्त कमैया शिविरमा आगलागी

११ बैशाख २०७९, आईतवार ०९:४९
धनगढी।कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएको छ। कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हो।आइतबार दिउँसो कैलारी गाउँपालिकास्थित विपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानवीय क्षति भएको छैन तर आगो अझै […]