घोडेजात्राको अवसरमा नेपाली सेनाद्धारा टुँडिखेलमा विशेष समारोह आयोजना (तस्बिरहरू)

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार १२:३८

काठमाडौँ।काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ। जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन्।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्व सहभागी हुने गर्छन्।टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको किम्वदन्ती छ।

घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गर्छन्। ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने प्रचलन छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता

१८ चैत्र २०७८, शुक्रबार १२:३८
काठमाडौँ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । हिजो नेपाली राजदूतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने […]