पार्टी बैठकलगत्तै देउवा भेट्न धुम्बाराही पुगे माधव नेपाल

कर्णाली अनलाइन १० फाल्गुन २०७९, बुधबार १९:०३

काठमाडौँ।पार्टीको सचिवालय बैठक लगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न धुम्बाराही पुगेका छन्।राष्ट्रपति चुनावबारे सबै दलसँग छलफल गर्ने पार्टी निर्णय लगत्तै नेपालले देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन्।

अहिले धुम्बाराहीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महान्त्री गगन थापासहितका नेतासँग एकीकृत समाजवादीका नेताहरुले कुराकानी गरिरहेका छन्।समाजवादीको सचिवालय बैठक अघि नेता पौडेलले आलोकनगरस्थित पार्टी कार्यालय पुगेर अध्यक्ष नेपाललाई भेटेका थिए।

कांग्रेसले पौडेललाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने तयारी गरेका छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्ताव गरेसँगै राजनीति थप तरंगित भएको छ।

मंगलबार दाङ पुगेका नेपालले चुनावअघि नै समाजवादीलाई राष्ट्रपति दिन कांग्रेस माओवादीले सहमति जनाएको दाबी गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

१० फाल्गुन २०७९, बुधबार १९:०३
चितवन।आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले ७८ वर्षीया आमा मीनाकुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकामा प्रहार गरी हत्या गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले […]