प्युठानमा बन्दुकको छर्रा लागेर एककाे मृत्यु, १० जना पक्राउ

कर्णाली अनलाइन १६ जेष्ठ २०७९, सोमबार ०८:१७

प्युठान।सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर प्युठानमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ऐरावती गाउँपालिका-१ अमिलीका ३४ वर्षीय दोर्णबहादुर आलेमगर रहेका छन्।

अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आइतबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हाे।सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्ण बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठान, इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ।घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

१६ जेष्ठ २०७९, सोमबार ०८:१७
काठमाडौँ।काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गई भेट गरेका हुन्। भेटमा मेयर शाहले बिपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रसंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। […]