भिरबाट खसेर सुर्खेतमा एक महिलाको मृत्यु

कर्णाली अनलाइन २६ माघ २०७८, बुधबार ०६:५८

 

सुर्खेत। सुर्खेतमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी आग्रिगाँउ सुर्खेतका अनुसार सिम्ता गाउँपालिका ४ सिमलगाँउ बस्ने  बर्ष ३८ की राधिका नेपालीको भिरबाट खसेर मृत्यु भएको थियाे ।

मंगलबार बिहान १० बजे छोरीसँग लक्ष्मी सामुदायिक बनमा घाँस काट्न गएकी राधिका दिउसो करिब साढे १ बजेतिर भिरबाट खसेर मृत्यु भएको थियाे ।भिरबाट झण्डै एक सय ५० मिटर तल खसी उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएकाे जनाइएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा मन्त्रीपरिषद समावेशी नभएको भन्दै दायर रिटमाथि अदालतले कारण देखाउ आदेश जारी

२६ माघ २०७८, बुधबार ०६:५८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार विस्तार गरेको मन्त्रीपरिषद समावेशी नभएको भन्दै दायर रिटमाथि अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले आज प्रदेश सरकारका नाममा कारण देखाउँ आदेश जारी गरेको हो । अदालतको जारी आदेशमा सरकारलाई १५ दिनभित्र […]