२४ घण्टामा थपिए २१ जना कोरोना संक्रमित

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ११:३४

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

सोमबार ३१९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ५ हजार १५२ पीसीआर तथा १ हजार १५७ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित तीन जना समातिए

१४ चैत्र २०७८, सोमबार ११:३४
काठमाडौँ।प्रहरीले काठमाडौँको कलंकीबाट ४३ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।कालीमाटी प्रहरीका अनुसार आइतबार राति खटिएको प्रहरी टोलीले कलंकीबाट तीन जनालाई ब्राउन सुगरसहित समातेको हो। समातिनेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाटका ३९ वर्षीय गणेश रजक छन्।प्रहरीका […]