ब्राउन सुगरसहित तीन जना समातिए

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ११:४६

काठमाडौँ।प्रहरीले काठमाडौँको कलंकीबाट ४३ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।कालीमाटी प्रहरीका अनुसार आइतबार राति खटिएको प्रहरी टोलीले कलंकीबाट तीन जनालाई ब्राउन सुगरसहित समातेको हो।

समातिनेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाटका ३९ वर्षीय गणेश रजक छन्।प्रहरीका अनुसार उनीहरुको साथबाट दुईवटा डिजिटल तराजु, २ लाख ४५ हजार रुपैयाँ, प्याकिङमा प्रयोग हुने प्लास्टिक, चारवटा मोबाइल र एउटा मोटरसाइकल बरामद गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फ्रान्स रुससँग डरायो, बेलायत युक्रेनलाई सहयोग गर्न इच्छुक छ –जेलेन्स्की

१४ चैत्र २०७८, सोमबार ११:४६
एजेन्सी।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फ्रान्सले आफ्नो देशलाई सैन्य सहयोग उपलब्ध गराउन नसकिरहेको वा आनाकानी गरिरहेको बताएका छन्। द इकोनोमिस्टसँगको अन्तर्वार्ताको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणलाई लिएर पश्चिम युरोपेली देशहरुले कस्तो सहयोग गरिरहेका छन् वा छैनन् भन्नेबारे बताएका हुन्। अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कडा विरोध गरेका हुन्। […]