सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान शुरू

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०५:०४

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया शुरू भएको छ । आइतबार बिहान करिब ९ः४० बजेदेखि मतदान शुरू भएको हो । मतदान वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सिटी हलमा शुरू भएको छ ।

एकै पटक २० जनाले मतदान गर्नेगरी मतदान स्थलमा बुथ बनाइएको निर्वाचन समितिका नन्दबहादुर भण्डारीले  जानकारी दिए । निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन १५ जनाको जनशक्ति खटिएको छ ।

संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् । संघको नयाँ नेतृत्वका लागि २०५८ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली हुम्लामा

४ बैशाख २०७९, आईतवार ०५:०४
हूम्ला।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आएका छन्। वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न तथा कैलाश मानसरोवर दर्शनका लागि आइतबार बिहान यहाँ आएका हुन् । नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट अध्यक्ष ओलीसहितको टोली सिमकोट पुगेको हो । सिमकोट बिमानस्थलमा केही समय […]