त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु,केहीबेरमा नियमित उडान सुरु

कर्णाली अनलाइन २१ बैशाख २०७९, बुधबार ०७:११

काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ ।आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।

तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु भेटिएन,’ ठाकुरले  भने । उनका अनुसार अब केहीबेरमा नियमित उडान सुरु हुन्छ ।

सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लव र प्रकाण्ड पार्टीबाट निष्कासित

२१ बैशाख २०७९, बुधबार ०७:११
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको […]