हूम्लामा जीपको ठक्करबाट एक बालकको मृत्यु

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार ०५:२२


हुम्ला। जिल्लाको ताजाकोट गाउँपालिका –२ मैला बस्ने सुर्जविर लुहारको ७ वर्षिया छोरा मनिष लुहारको जीपको ठक्करबाट मृत्यु भएको छ। ताजाकोट गाउँपालिका –२ कवाडी बजार नजिकै ताजाकोटबाट धुलाचौर बाजुरा तर्फ जाँदै गरेको क.प्र.०२००१ ज ००४५ नम्वरको बोलेरो जीपले बालकलाई ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी मैलाकवाडी हूम्लाले जानकारी दिएको छ ।घटनापछि जीप चालक कालिकोट रास्कोट नगरपालिका –४ बस्ने बर्ष २१ को छेतान शाही र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु

५ फाल्गुन २०७८, बिहीबार ०५:२२
एजेन्सी। भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। तीमध्ये ११ को घटनास्थल र दुईजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृतकहरु महिला र बालिका रहेको बताइएको छ। बुधवार राति विवाहमा सहभागीहरू इनारमा खसेको अधिकारीहरूले बताएका छन्। पुरानो इनार ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्दा […]