भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार ०५:४६

एजेन्सी। भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। तीमध्ये ११ को घटनास्थल र दुईजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृतकहरु महिला र बालिका रहेको बताइएको छ।

बुधवार राति विवाहमा सहभागीहरू इनारमा खसेको अधिकारीहरूले बताएका छन्। पुरानो इनार ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्दा उनीहरु इनारमा खसेका थिए। घटनामा परी घाइते भएकामध्ये दुई जना गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

गोरखपुर क्षेत्रका एडिजी अखिल कुमारले घटना बुधबार राति करिब साढे ८ बजे कुशीनगरको नेबुवा नौरङ्गियामा भएको जानकारी दिएका छन्। घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने जिल्ला न्यायाधीशले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई हृदयविदारक भन्दै शोक व्यक्त गरी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धन बैठक सर्‍यो

५ फाल्गुन २०७८, बिहीबार ०५:४६
काठमाडौं ।सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण एमसिसी हिजो संसदमा टेबल हुन सकेन। प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा जसरी भए पनि एमसीसी पारित गर्ने […]