काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ।
मंगलबार २७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३०० सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ८ हजार ७२९ पीसीआर तथा १ हजार ४४५ एन्टिजेन परीक्षण भएको छ।