कालिकाेटमा भिरबाट खसेकाे ढुंगा लागेर बस चालककाे मृत्यु

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार १५:०७

कालिकाेट।भिरबाट खसेकाे ढुंगा लागेर कालिकाेटमा एकजनाकाे मृत्यु भएकाे छ। शुक्रबार अन्दाजी पाैने दुइ बजेको समयमा खाँडाचक्र नगरपालिका २ छहरा बजार स्थित एक होटलमा बसिरहेको अवस्थामा एक्कासी भिरबाट ढुंगा खस्दा बस चालक ओविराम थापालाई टाउकोमा लागेकाे थियाे ।

टाउकोमा चोट लागि गम्भिर घाईते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मान्ममा लगिएकाे थियाे । भे १ ख ३५५९ नं.को बस चालक थापाकाे उपचारको क्रममा अन्दाजी पाैने तीन बजेको समयमा मृत्यु भएको अस्थाई प्रहरी पोष्ट हुल्म कालिकोटले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडाध्यक्षद्वारा ५ वर्षको तलब विद्यालयलाई प्रदान

११ चैत्र २०७८, शुक्रबार १५:०७
बझाङ । पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिएका छन । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिएका हुन । उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी […]