सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार र शनिबार नयाँ विद्युतीय संरचना निर्माण तथा पुरानो विद्युतीय संरचना स्थानान्तरण (पोल सार्ने कार्य)को लागि विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
बिहान १ं० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार मंगलगढी चोकदेखि शुभ होटल सम्म र मंगलगढी चोकदेखि वीरेन्द्र चोक हुँदै गणेश चोक सम्मका क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।