विद्यार्थीलाई वित्तिय साक्षरता सिकाउँदै सांग्रिला बैंक

कर्णाली अनलाइन ११ कार्तिक २०७८, बिहीबार ०५:२१

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेको सांग्रिला विकास बैंकले विद्यार्थीहरुलाई बैंकिङ्ग वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुर्खेतका झण्डै एक सय बढी विद्यार्थीहरुलाई बैंकीङ्ग सम्बन्धि वित्तिय साक्षरताको महत्व र उदेश्यबारेमा प्रशिक्षण दिएको हो ।

वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका लगायतका बारेमा जानकारी गराएको शाखा प्रवन्धक सुरेन्द्र विष्ट जानकारी दिए । उनकाअनुसार कार्यक्रममा पछिल्लो सयम बैंकले सेवाग्राहीहरुलाई उपलव्ध गराउने सरल कर्जा प्राप्त गर्ने तरिकार र बचतहरुका विषयमा पनि जानकारी गराइएको हो ।

जिल्लाबाट बैंकीङ्ग सेवा प्रदान गरेको बैंकले नेपालगञ्जबाट पोखराहुँदै काठमाडौंबाट केन्द्रीय कार्यालय स्थापना गरेर  सेवा प्रदान गरिरहेकाे छ। बैंकका देशभर ९८ शाखा छन् भने ३१ वटा एटिएमबाट बैंकीङ्ग सेवा प्रदान गर्दै आएको छ । वीरेन्द्रनगरमा सेवाग्राहीको चाप बढेपछि यरिचौकमा शाखा थप गर्ने  तयारीमा रहेकाे प्रवन्धक विष्टले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्पेनका सभामुख नेपाल भ्रमणमा

११ कार्तिक २०७८, बिहीबार ०५:२१
काठमाडौँ ।बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। ६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट […]