कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ

कर्णाली अनलाइन ३० आश्विन २०८१, बुधबार १८:४२

सुर्खेत । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल बूढानीलकण्ठ–१० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने ‘मङ्गलबार दिउँसो करिब ३ः२० बजे गोकर्णेश्वर–६ नयाँबस्ती लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरुले फौजामगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको र निजहरु वारदातपश्चात् भागी फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्से दुई दिनमा ७५ अंकले बढ्यो

३० आश्विन २०८१, बुधबार १८:४२
काठमाडौँ ।बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ। केही समयदेखि नेप्सेले २७ सयको विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको थियो।दसैं अगाडि बजारले बढ्न सक्ने संकेत गरेको थियो। सो समय नेप्सेको रेखा चित्रमा बनेको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई पार गरेर माथि लागेको थियो। यस्तो भएमा […]