जुम्लामा जडिबुटी टिप्न गएका २ को मृत्यु : हिउँमा फसेका ३४ जनाको अझै उद्धार हुन सकेन

कर्णाली अनलाइन २४ माघ २०७८, सोमबार ०४:४८

जुम्ला। जुम्लाको पाटनमा जडीबुटी टिप्न गएका २ जनाको चिसोका कारण मृत्यु भएको छ। जुम्लाको तातोपानी गाउँपालिकाका ४६ वर्षीय मुन रावत र ३७ वर्षीया देवी शाहीको मृत्यु भएको हो। जडिबूटी टिप्न गएका ३४ जना पाटनमै हिउँमा फसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

दुई साता अघि सेतक नामको जडीबुटी टिप्न गएका उनीहरु हिउँमा फसेका हुन्। पाटनस्थित तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा उनीहरु फसेको जनाइएको छ।

जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाए पनि अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको छ। हिउँमा फसेकाहरूको उद्धारका लागि अझै २/३ दिन कुर्नुपर्ने प्रहरीले जनाएको छ। स्थानीयहरु फसेको स्थानमा ४ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ।

 

 

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर आंशिकदेखि सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना

२४ माघ २०७८, सोमबार ०४:४८
काठमाडौँ ।आज सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि समान्य बदली […]