बझाङमा जीप दुर्घटनाहुँदा एकको मृत्यु, तीन घाइते

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०४:५१

बझाङ।बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए। यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् ।

घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान शुरू

४ बैशाख २०७९, आईतवार ०४:५१
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया शुरू भएको छ । आइतबार बिहान करिब ९ः४० बजेदेखि मतदान शुरू भएको हो । मतदान वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सिटी हलमा शुरू भएको छ । एकै पटक २० जनाले मतदान गर्नेगरी मतदान स्थलमा बुथ बनाइएको निर्वाचन समितिका नन्दबहादुर भण्डारीले  जानकारी […]

सम्बन्धित शीर्षक