आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

कर्णाली अनलाइन ९ बैशाख २०७९, शुक्रबार ०६:३५

काठमाडाै।आज विश्व पृथ्वी दिवस। काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ।अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ। यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन्।

जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन्। अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ।

पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए।पृथ्वीको संरक्षणका लागि सम्बन्धित नियकायले चासो राख्नुपर्ने बेला भएको उनीहरूको गुनासो छ। उनीहरूले पृथ्वीको संरक्षणका बारेमा बेलैमा चासो नदिने हो भने भविष्यमा यसको विकराल अवस्था आउन सक्नेप्रति सचेत गराएका छन् ।

सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए।

तर, पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेका हुन्।त्यस्तै, सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ।पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ।@RSS


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

९ बैशाख २०७९, शुक्रबार ०६:३५
काठमाडौँ ।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ।केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। केन्द्रीय घोषणापत्रमा स्थानीय आवश्यकताअनुसार थप विषयहरु समावेश गर्न सकिने एमालेले जनाएको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले […]

सम्बन्धित शीर्षक