सुर्खेत । कर्णाली प्रदेशको नवनिर्वाचित सभामुख नन्दा गुरूङले शपथ ग्रहण लगेकी छन्। आइतबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर पद तथा गोपनीयताको शपथ ग्रहण लगेकी हुन्।उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन्। उनि सत्तारुढ गठबन्धन एमालेबाट सभामुख बनेकी हुन्।
आज बसेको प्रदेश सभाको बैठकले प्रदेश सभा सचिवालयले सभामुख निर्वाचनका लागि जारी गरेको निर्वाचन कार्यातालिका अनुसार निर्वाचन गराएको थियो। उक्त निर्वाचनमा जम्मा ४० सांसद रहेका प्रदेशमा ३८ सांसदले मतदानमा भाग लिएका थिए।
त्यसमा जम्मा खसेको ३८ मत मा एमालेकी नन्दा गुरूङको पक्षमा २४ मत खसेको थियो । भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्गबहादुर पोखरेलको पक्षमा १४ मत मात्रै प्राप्त भएको थियो।
सत्तारुढ दलबाट उम्मेदवारी बनेकी एमालेकी गुरूङलाई नेकपा माओवादी केन्द्रका १३, नेपका एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी १ सांसदले मतदान गरेका थिए।
यस्तै, कांग्रेसका पोखरेलको पक्षमा नेपाली कांग्रेसका १३ सांसद र नेकपा एकीकृत समाजवादीका एक सांसदले मतदान गरेका थिए।