बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

कर्णाली अनलाइन १४ असार २०७९, मंगलवार ११:१३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आज मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए। नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका गौतम एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका हुन्। प्रचार विभाग प्रमुख पाण्डेका अनुसार नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इनार सफा गर्ने क्रममा डुबेर एकको मृत्यु

१४ असार २०७९, मंगलवार ११:१३
सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–४ का एक पुरुषको इनारमा डुबेर मृत्यु भएको छ । मंगलबार भेरीगंगा–१० तोलिखोलामा इनार सफा गर्नेक्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मृत्यु हुनेमा भेरीगंगा–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् । प्रहरीकाअनुसार बिहान ८ बजेको समयमा इनार सफा गर्दा डुबेका यामबहादुरको बिहान […]

सम्बन्धित शीर्षक