स्वास्थ्यका मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार ०४:४८

काठमाण्डौं। होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

उहाँहरुले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गर्नुभएको छ ।

साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा गैँडाको आक्रमणबाट जोगिन दलदले पोखरीमा हाम फालेका नेपाली सेनाका जवानको ज्यान गयो

३ चैत्र २०७८, बिहीबार ०४:४८
काठमाण्डौं । चितवनको दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको ज्यान गएको छ ।गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत हुनुहुन्थ्यो ।हिजो बेलुका […]