चितवनमा गैँडाको आक्रमणबाट जोगिन दलदले पोखरीमा हाम फालेका नेपाली सेनाका जवानको ज्यान गयो

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार ०४:५८

काठमाण्डौं । चितवनको दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको ज्यान गएको छ ।गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत हुनुहुन्थ्यो ।हिजो बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा कटुवालले दलदल पोखरीमा हाम फाल्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प. दुई जनाको ज्यान गयो, कम्तीमा ९० जना घाइते

३ चैत्र २०७८, बिहीबार ०४:५८
जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको छ । कम्तीमा ९० जना घाइते भएका छन् । उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको जनाएको […]