सर्लाहीमा पुलबाट खस्याे यात्रुबाहक बस: ४ जनाको मृत्यु, ३० जना घाइते

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार ०८:४५

सर्लाही। यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित पुलको बार भत्काउँदै खसेकाे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

मृत्यु हुनेहरुको सनाखत भएको छैन। दुर्घटनामा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको आश‌ंका छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिदिवसीय भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

१३ चैत्र २०७८, आईतवार ०८:४५
काठमाडौँ।चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फिर्ता हुनुभएकाे छ । नेपालको त्रिदिवसीय भ्रमण सकेर उहाँ आज आइतवार दिउँसाे स्वदेश फर्किनुभएकाे हाे । वाङ यी गएकाे शुक्रवार नेपाल आइपुग्नुभएकाे थियाे । चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पाैड्याललगायतकाे टाेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकाे थियाे । चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी […]