वन मन्त्रालयको हाईलेक्सले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ०७:११

सुर्खेत । वीरेन्द्रनगरमा हाईलेक्सले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार बिहान करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ धमला चोक स्थित दुर्घटना भएको हो ।

घण्टाघर देखि कालिनचोक तर्फ जाँदै गरेको बा २ झ १७७६ नम्बरको कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा मन्त्रालयको हाईलेक्स गाडीले कवर्डहल देखि शंकर चोकतर्फ जाँदै गरेको भे ५ प ५०२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

घाइते हुने मोटरसाइकल चालक जाजरकोट जुनिचाँदे गाँउपालिका–८ का ३२ वर्षीय नैन बस्नेत र ३२ वर्षीय पर्शुराम थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको छ । घने उक्त दुर्घटनामा परेका सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

१२ चैत्र २०७८, शनिबार ०७:११
काठमाडौँ।पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ५५ जनाको नमूना परीक्षण गर्दा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप दुई सय १० जना कोरोना सङ्क्रमित निको भएका छन् । […]