कालिकोटमा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते

कर्णाली अनलाइन ४ पुष २०७८, आईतवार ११:५२
साकेतिक फोटो
साकेतिक फोटो

कालिकोट।जिल्लाको रास्कोट नगरपालिका वार्ड न.८ फुकोटमा भालुको आक्रमणमा परिे एकजना गम्भिर घाइते भएका छन। घाइते हुनेमा रास्कोट नगरपालिका वार्ड न ८ का वर्ष ५२ का सर्पानन्द बराल रहेका छन ।

विहान करिव नौ बजे तिर निमार्णधिन फुकोट बिधुत गृहको गिट्टी कुट्न भनी त्यस तर्फ जाने क्रममा बराललाई भालुले आक्रमण गरेको हो ।बच्चा सहित रहेको उक्त भालु अहिले पनि गाँउ नजिकै पाखामा घुमिरहेको र जति बेला पनि भालु गाँउ पस्न सक्ने स्थानिय बताउछन । विगत लामो वर्ष पछि सो स्थानमा भालु देखा परेको हो ।

भालुको आक्रमणबाट घाइते बराललाई तत्काल उपचारका लागी रास्कोट नगरपालिकामा रहेको रास्कोट सामुदायिक अस्पतालमा लगिएको थियो । उनको उपचार त्यहा असम्भव भए पछि थप उपचारका लागी सुर्खेत रिफर गरिएको उपचारमा संन्लग्न डाक्टर भोजराज बमले जानकारी दिए। घाइते बरालको अनुहारमा गम्भिर चोट लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो, यस्तो छ परिणाम

४ पुष २०७८, आईतवार ११:५२
काठमाडौँ।नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।३५ जना निर्वाचितहुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।  नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको […]