सबै मतदान स्थलमा पुगे हुम्लाका कर्मचारी

हुम्ला संवाददाता २ मंसिर २०७९, शुक्रबार १४:४०

सिमकोट।यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि हुम्लामा खटिएका सबै कर्मचारीहरू मतदान स्थलमा पुगेका छन् ।

जिल्लाकाे नाम्खा गाउँपालिका- ६ को हिमालपारीका गाउँ लिमीका मतदानस्थलका कर्मचारी हेलिकोप्टरमार्फत पुगेका हुन् भने बाँकी अन्य कर्मचारी पैदल पुगेका हुन् ।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले सात वटै गाउँपालिका ५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्रका लागि ‍खटिएकाे कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो मतदानस्थलमा सामाग्रीसहित सबै राम्रोसँग पुगेको बताए ।

उनका अनुसार मतदानको दिनभन्दा दुई दिन अगाडि कर्मचारी आफू खटिएको मतदानस्थलमा व्यवस्था अनुसार बिहीबार बेलुका र शुक्रबार बिहान पुगेका हुन् ।यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा प्रहरी सवार जीप दुर्घटना, तीनजनाको मृत्यु

२ मंसिर २०७९, शुक्रबार १४:४०
सुदुरपश्चिम। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मतपेटिका पुर्‍याएर फर्किँदै गरेको से १ ज ८५४ नम्बरको प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। ‘प्रहरीले अन्यको उद्धार थालिसकेका छन्’, […]