बैतडीमा प्रहरी सवार जीप दुर्घटना, तीनजनाको मृत्यु

कर्णाली अनलाइन ५ मंसिर २०७९, सोमबार १०:२४

सुदुरपश्चिम। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मतपेटिका पुर्‍याएर फर्किँदै गरेको से १ ज ८५४ नम्बरको प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

‘प्रहरीले अन्यको उद्धार थालिसकेका छन्’, उनले भने। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ।जीप सडकबाट करीब ३०० सय मिटर तल खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिम्तामा मंगलबार पुनः मतदान हुने

५ मंसिर २०७९, सोमबार १०:२४
सुर्खेत।सुर्खेतको सिम्तामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।जिल्लाको क्षेत्र नम्बर– १ को सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो । निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधि सभाका १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान […]