निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ

कर्णाली अनलाइन २४ पुष २०७९, आईतवार २०:५४

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ भाउ घटाएको हो।

अब पेट्रोल १ सय ७५, डिजेल र मट्टितेल १७२ रूपैयाँ कायम भएको निगमले जनाएको छ। एलपिजी ग्यासको मूल्य भने यथावत् राखेको पनि निगमको विज्ञप्तिमा उल्लेख छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश १ः हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

२४ पुष २०७९, आईतवार २०:५४
मोरङ – नेकपा एमालेका नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।उनको शपथ सोमबार प्रदेश प्रमुख परशुराम खापुङले गर्नेछन्। उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले ६० प्रदेशसभा सदस्यको समर्थनसहित आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका […]