जिप दुर्घटनाहुदा एकै परिवारका ४ जनाको मृत्यु

कर्णाली अनलाइन २८ पुष २०८०, शनिबार १६:१८
तस्विर सामाजिक सञ्जालबाट
तस्विर सामाजिक सञ्जालबाट

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको परिचय खुलेको छ।

उनीहरू सबै एकै परिवारका हुन्। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो।

जिपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् भने उनको ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको छ।

उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिए। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

६ जना सवार प्र-३-०१-२३ च ६९८५ नम्बरको जिप शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वयुवराज्ञी हिमानी शाह शनिबार बनेपा जाने

२८ पुष २०८०, शनिबार १६:१८
काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह शनिबार बनेपा जाने कार्यक्रम छ।उनले बनेपास्थित धनेश्वर मन्दिरमा पूजाआजा गर्नुका साथै धनेश्वर महादेव आधारभूत विद्यालय जाने कार्यक्रम छ। उनले धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पुस्तिका वितरण गर्ने कार्यक्रम छ।पूर्वयुवराज्ञी शाहले चण्डेश्वरी मन्दिरमा समेत पूजाआजा गर्ने कार्यक्रम छ।