नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

कर्णाली अनलाइन १७ कार्तिक २०८०, शुक्रबार ०८:०६

काठमाडौं।नेपाली सेनामा जागिर खुलेको छ।  सैनिक साधारण सेवा समूह अर्न्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले दरखास्त आह्वान गरेको हो।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ।

जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी–जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने जंगी अड्डाले जनाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

१७ कार्तिक २०८०, शुक्रबार ०८:०६
सुर्खेत । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का […]

सम्बन्धित शीर्षक