डोल्पामा दुई पालिकामा एकीकृत समाजवादीका उम्मेद्वार निर्विरोध निर्वाचित

कर्णाली अनलाइन १२ बैशाख २०७९, सोमबार १५:३९

सुर्खेत।नेकपा (एकीकृत समाजवादी)ले डोल्पा जिल्लामा आफनो विजयी शुरुवात गरेको छ । जिल्लाको काइके गाउँपालिका अध्यक्षमा अंगद बुढा र छार्काताङ्सोङ गाउँपालिकामा सोनाम गुरुङ निर्विरोध निर्वाचित भएको नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष नन्दसिंह बुढाले जानकारी दिए ।

उनकाअनुसार पालिका अध्यक्षमा अन्य कुनै पार्टीको उम्मेद्वारी नपरेपछि निर्विरोध निर्वाचित भएको हुन् । यस्तै डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा निवाङ्जु गुरुङ पनि निर्विरोध निर्वाचित भएकी छन ।यस्तै  ६ वडा अध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर ८२ हजारभन्दा बढीले गरे मनोनयन दर्ता(सूचीसहित)

१२ बैशाख २०७९, सोमबार १५:३९
काठमाडौं।वैशाख ३० गते हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सकिएको छ। सोमबार साँझ ५ बजेसम्म निर्वाचन कार्यालय पुगेका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका हुन्।आयोगका देशभरिका ७ सय ५३ वटा कार्यालयमा बुझाएका मनोनयन पत्र रुजु भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले स्थानीय चुनावका लागि ८२ हजारभन्दा बढी उम्मेदवारले मनोनयन […]