सुर्खेत सिटि बसपार्क हाताभित्र फोहोर नगर्ने व्यवसायीबिच प्रतिवद्धता

कर्णाली अनलाइन २ पुष २०७८, शुक्रबार १०:४९

सुर्खेत।वीरेन्द्रनगर सुर्खेतमा रहेको सिटि बसपार्क क्षेत्रमा व्यवसायीहरुले फोहोर नगर्ने र गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी कार्यविधि अनुरुप नीति नियम पालना गर्ने र आफ्नो मातहतका व्यवसायीलाई पालना गर्न लगाउने प्रतिवद्धता व्यक्ति गरेका हुन् । वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को वडा कार्यालय र अन्तरनिर्भर समाज सुर्खेतले आयोजना गरेको कार्यक्रमकाबिच बस तथा अटो व्यवसायीहरु, विभिन्न अन्य व्यवसायी संघ, बसपार्क व्यवस्थापन समितिले प्रतिबद्धता गरेका छन् ।

प्रतिवद्धता पत्रमा प्रत्येक पसलका अगाडी डस्टवीन राख्न लगाउने, आफ्नो पसलबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने फोहोरमा छुट्याई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उल्लेख छ । यातायात व्यवसायीले संचालनमा आएका गाडि भित्र यात्रुले गरेको फोहोर व्यवस्थापनका लागि विन राख्ने र यात्रुहरुलाई फोहोर व्यवस्थापन सम्बन्धी सुचना प्रवाह गर्नुपर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कार्यक्रममा वडा अध्यक्ष मोतिप्रसाद कंडेलले फोहोर व्यवस्थापनमा सबै जिम्मेवार हुनुपर्ने बताए । बसपार्क क्षेत्रमा निगरानी गर्ने, सचेत गराउने र त्यस पछि जथाभावि फोहोर गर्नेलाई कार्वाही गर्ने बताए । उनले नागरिकहरुलाई जथाभावि फोहोर नगर्न र आफुले गरेको फोहोर आफैले सफा गर्न पनि अनुरोध गरे । ‘सरसफाई व्यवस्थापनमा नगरपालिका, संघसंस्थाको मात्र होइन । प्रत्येक नागरिक जिम्मेवार हुनुपर्छ ’ उनले भने, ‘जथाभावि फोहोर नगर्न सबैलाई आग्रह गर्छु ।’

अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले सरसफाईमा सबै जिम्मेवार हुनुका साथै नगरलाई स्वस्छ र सफा राख्नुपर्नेमा जोड दिए । हरित पुर्नउत्थान प्रवद्र्धन परियोजनामार्फत सरसफाई सम्बन्धी विभिन्न सचेतनामुलक तथा अन्य कार्यक्रमहरु संचालन गरिएको उनको भनाई छ । बसपार्क क्षेत्रमा वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को वडा कार्यालय, अन्तरनिर्भर समाज सुर्खेत, बस व्यवसायी, बसपार्क व्यवसायी, अन्य संघसंस्थाको उपस्थितमा सरसफाई गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल फरार

२ पुष २०७८, शुक्रबार १०:४९
सुर्खेत। वीरेन्द्रनगरमा पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाईकल फरार भएको छ । शुक्रबार बिहान ११ बजे वीरेन्द्रनगर–४ प्याकुरेल चौक नजिक मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको हो । प्रहरीका अनुसार ठक्कर दिएर फरार हुने भे४प ४४२० नम्बरको मोटरसाइकल रहेको छ ।उक्त ठक्करबाट बराहताल गाउँपालिका–८ का अन्दाजी ४५ वर्षीय पुरुष घाइते […]