बारा बस दुर्घटना: मृत्यु हुनेको संख्या १६ पुग्यो

कर्णाली अनलाइन २० आश्विन २०७९, बिहीबार १४:५२

वीरगञ्ज।बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको थियो ।

३५ जना यात्रु सवार भएको बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो ।घाइतेहरूलाई हेटौँडाको चुरेहिल अस्पताल र सिमराको अल्पाइन अस्पतालमा उपचार भइ रहेको डिएसपी तिमल्सिनाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता,खाेजिकार्य जारी

२० आश्विन २०७९, बिहीबार १४:५२
कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएका छन्।आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरुमाथि तिलाकर्णाली नदीमा लाश जलाउने क्रममा पहिरो खसेको थियो। पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए। आइतवार दिउँसोदेखि उनीहरु […]