जनकपुरधाम।जनकपुरधामबाट दुई युवा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा महोतरीको जलेश्वर नगरपालिका–९ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोतरीको मनरासिसवा नगरपालिका–१ घर भई जनकपुरधाम–८ मा बस्दै आएका १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुवैजनालाई शनिबार राति १ बजे गोप्य सूचनाको आधारमा जनकपुरधाम–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले ईन्द्रेशको बायाँ कम्मरमा पाइन्टको पेटीभित्र लुकाई राखेको अवस्थामा पेस्तोल बरामद गरेको हो ।उक्त पेस्तोल सम्बन्धमा सोधपुछ गर्दा दुबैजनाको संलग्नता रहेको बताएपछि दुवैजनालाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

