कर्मचारी तथा शिक्षकलाई कुनै पनि उम्मेदवारसँग फोटो खिच्न र बधाइ दिन निषेध

कर्णाली अनलाइन २५ आश्विन २०७९, मंगलवार २०:३७

काठमाडौँ।सरकार कर्मचारी तथा शिक्षकलाई कुनै पनि उम्मेदवारको प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।निर्वाचन आचार संहिताविपरीत सरकारी कर्मचारी, शिक्षक, सार्वजनिक संस्थानका कर्मचारीले खुलेर उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको भन्दै आयोगले त्यस्तो नगर्न निर्देशन जारी गरेको हो।

आयोगले आचार संहिताको प्रतिकुल हुने गरी सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको अनुगमनका क्रममा फेला परेको जनाएको छ।

आयोगले उम्मेदवारसँग बसेर फोटो खिचाउने, बधाई दिने जस्ता काम समेत गर्न भनेको छ।प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, ‘त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घनश्यामले पाए त्रिभुज चिन्ह

२५ आश्विन २०७९, मंगलवार २०:३७
काठमाडौं : रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले त्रिभुज चिन्ह पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारलाई चुनाव चिन्ह वितरणका क्रममा भूसाललाई त्रिभुज दिएको हो। भूसालले चुनाव चिन्ह पाएपछि आफ्नो फेसबुक पेजमा ‘त्रिभूज’ राख्दै भोट मागेका छन्। उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको […]