सल्यानमा भीरबाट खसेर प्रहरी जवान केसीको मृत्यु

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०७:२२

सल्यान।भीरबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ । डीयुटीका लागी पोस्टमा गएका इप्रका शीतलपाटीमा कार्यरत प्रहरी जवान पवन केसीको नजिकैको भीरबाट खसेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

सल्यान प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार उनको डीयुटी सोमवार बिहान २ देखी ६ बजेसम्म थियो । डीयुटीमा नभेटेपछि रातभर उनको खोजतलास गरिएको थियो । करिव ५० मिटर तल केसी मृत अवस्थामा भेटिएका थिए।
डीयुटी पोस्टबाट केही टाढा पर्ने भीरमा उनी किन गए भन्ने नखुलेको र अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए। मृतक केसी पश्चिमरुमुमका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा ट्र्याक्टर दुर्घटना हुदाँ ट्र्याक्टर चालकको घटनास्थमै मृत्यु

१५ चैत्र २०७८, मंगलवार ०७:२२
डाेटी।डोटीको पूर्वीचाैकी गाउँपालिका–७ पोखरीको तीनट्टेमा से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका–४ का ट्र्याक्टर चालक ज्ञानबहादुर चौधरी रहेका छन् । दुर्घटनामा परि अछामको चौरापाटी गाउँपालिका–३ […]