जुम्ला।जिल्लाको सिँजा गाउँपालिका–३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरबाट खसेर जुम्लाको चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली हिजो साँझ ६ बजे सोही ट्याक्टरबाट खसेका थिए ।ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।
कर्णाली मल्टिमिडिया प्रा लि द्रारा संचालित karnalionline.com (9848048814)
संचालक तथा सम्पादकः
दान बहादुर खत्री
सम्बादाताः
नवीन ओलि, सुर्खेत /दैलेख
धन बहादुर भण्डारी, हुम्ला